तस्बिरमा रेशमको कालो चस्मा र निस्फिक्री हाँसो

दिपेश श्रेष्ठ १५ जेठ २०८० ९:५०
24
SHARES
तस्बिरमा रेशमको कालो चस्मा र निस्फिक्री हाँसो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी कारागारमुक्त भएपछि उनलाई अबिर र फूलमालाले स्वागत गरिएको छ। गणतन्त्र दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि सोमबार (आज) बिहान उनलाई कारागारमुक्त गरिएको हो।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर अदालतबाट जेल सजाय पाएका चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि छुटेका हुन्। डिल्लीबजार कारागारमा सजाय भुक्तान गरिरहेका उनी त्यहाँबाट निस्किएपछि स्वागत गर्नका लागि उनकी श्रीमती एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमसहित नेता तथा कार्यकर्ता, शुभेच्छुक त्यहाँ पुगेका थिए।

पार्टीसम्बद्ध नेतारकार्यकर्ताले उनलाई फूलमाला र अबिर लगाएर खुसीयाली मनाएका छन्। खुसीयाली मनाउने क्रममा माइतीघर मण्डलमा पुगेका चौधरी कालोचस्मा र मुस्कानका साथ देखिएका थिए।

हेर्नुहोस् केही तस्बिरहरू


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =