टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस [तस्बिरहरू]

दिपेश श्रेष्ठ १५ जेठ २०८० ९:२७
12
SHARES
टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस [तस्बिरहरू]

काठमाडौँ– टुँडिखेलमा विविध कार्यक्रमको आयोजना गरी १६औँ गणतन्त्र दिवस मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो।

नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएको छ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिकामा रहेका दलका नेताहरूले गणतन्त्र प्राप्तिका आन्दोलनमा सहभागी सबै जनसमुदायलाई हार्दिक अभिनन्दन प्रकट गरेका छ। ०६२/६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो।

तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीबीच भएको सहमतिअनुसार ०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो। ०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले २ सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा भएको हो।

प्रकाशित: १५ जेठ २०८० ९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + sixteen =