सबैभन्दा बढी विद्यार्थी रहेका १५ सामुदायिक विद्यालय, रूपन्देहीमै तीन वटा

हिमाल प्रेस १४ जेठ २०८० १९:२६
498
SHARES
सबैभन्दा बढी विद्यार्थी रहेका १५ सामुदायिक विद्यालय, रूपन्देहीमै तीन वटा

काठमाडौँ- सरकारको सबैभन्दा बढी विद्यार्थी रहेका १५ वटा सामुदायिक विद्यालयको विवरण सार्वजनिक गरेको छ। आर्थिक सर्वेक्षण २०७९/८० अनुसार रूपन्देहीमा मात्रै बढी विद्यार्थी भएका विद्यालयकाे संख्या तीन छ।

आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा धेरै विद्यार्थी लुम्बिनी प्रदेशको कालिका माध्यमिक विद्यालय रूपन्देहीमा ७ हजार ६११ जना विद्यार्थी अध्ययनरत छन्। यस्तै दोस्रोमा रूपन्देहीकै कान्ति मावि बुटवलमा ५ हजार २५९ जना र तेस्रोमा शान्ति नमुना मावि तिलोत्तमामा ५ हजार १५५ जना विद्यार्थी अध्ययनरत छन्।

यस्तै कोशी प्रदेशको सुकुना माविमा ४ हजार ६८८, मधेश प्रदेशको जनता माविमा ४ हजार ६०६, बागमति प्रदेशको ज्ञानोदय माविमा ४ हजार १९९ र विश्व निकेतन माविमा ४ हजार १७८ जना विद्यार्थी अध्ययनरत छन्।

कालिकाले डेढ दशकमा फेर्‍यो काँचुली

प्रकाशित: १४ जेठ २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eight =