कालोपत्रे सडकको लम्बाइ १७ हजार ४८० किलोमिटर

हिमाल प्रेस १४ जेठ २०८० १६:४६
16
SHARES
कालोपत्रे सडकको लम्बाइ १७ हजार ४८० किलोमिटर

काठमाडौँ– २०७९ फागुनसम्म देशभर १७ हजार ४८० किलोमिटर सडक कालोपत्रे भएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार फागुनसम्म ७ हजार ९५६ किलोमिटर सडक ग्राभेल र ८ हजार ६६४ किलोमिटर कच्ची सडक छ। यो अवधिसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १०० किलोमिटर पुगेको छ।

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९९६ किलोमिटर रहेको थियो। चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ।

चालु आवको फागुनसम्म ३१६ किलोमिटर सडक ग्राभेल स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। साथै ८ हजार २५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको जनाइएको छ।

२७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ। यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ। आर्थिक वर्ष २०७८/७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। यस अवधिमा ३३५ किलोमिटर गाभ्रेल स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो।

साथै ७ हजार ८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो। गत वर्ष २८२ पुलको निर्माण सम्पन्न भएको थियो।

प्रकाशित: १४ जेठ २०८० १६:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =