प्रधानमन्त्रीकाे भारत भ्रमणकाे क्रममा नयाँ हवाईमार्गबारे छलफल हुने

हिमाल प्रेस १४ जेठ २०८० १५:१८
4
SHARES
प्रधानमन्त्रीकाे भारत भ्रमणकाे क्रममा नयाँ हवाईमार्गबारे छलफल हुने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा नयाँ हवाईमार्गबारे छलफल गरिने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ। सोही सन्दर्भमा उनले भारत भ्रमणका क्रममा नयाँ हवाईमार्ग खोल्ने विषयमा ‘ब्रेक थ्रु’ हुनसक्ने बताएका हुन्।

आइतबार कीर्तिपुरमा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जेठ १७ गतेदेखि आफू भारतको भ्रमण गर्ने भन्दै भ्रमणका क्रममा नयाँ हवाईमार्ग, व्यापार तथा पारवहनलगायत विषयमा छलफल गरिने बताए।

उनले व्यापार पारवहनसम्बन्धी विषय सन् २०१९ देखि रोकिएर बसेकाले भारत भ्रमणपछि खुल्ने सम्भावना रहेको उनको भनाइ थियो।

साथै वर्षौंदेखि रोकिएको पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना अघि बढाउनेबारे पनि महत्त्वपूर्ण सहमति हुने बताए। यस पटकको भारत भ्रमण नेपालको राष्ट्रिय हित हुनेगरी विशिष्ट तवरले गर्ने तयारी भइरहेको उनको भनाइ थियो।

प्रकाशित: १४ जेठ २०८० १५:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =