४४ डीएसपी बन्न प्रतिस्पर्धामा डेढ सय इन्स्पेक्टर

हिमाल प्रेस १४ जेठ २०८० १५:२७
1.5k
SHARES
४४ डीएसपी बन्न प्रतिस्पर्धामा डेढ सय इन्स्पेक्टर प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालय यतिबेला डीएसपी पदपूर्तिको तयारीमा लागेको छ। नेपाल प्रहरीमा अहिले ४४ डीएसपीको पद रिक्त छ। यसअघिका आईजीपी धीरजप्रताप सिंहले प्रतिस्पर्धी धेरै भएपछि दबाब थेग्न नसकेर बढुवाको फाइल नै अघि बढाएका थिएनन्।

यसपटक भने आईजीपी वसन्तबहादुर कुँवर रिक्त पद परिपूर्ति गर्ने तयारीमा जुटेका छन्। ४४ डीएसपी बन्न झन्डै डेढ सय इन्स्पेक्टर प्रतिस्पर्धामा छन्। प्रहरी प्रधान कार्यालयका अनुसार २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका १४४ जना डीएसपी बन्ने प्रतिस्पर्धामा छन्।

गृह मन्त्रालयका सहसचिव र आईजीपीले तोकेको एक आईजी, डीआईजी सदस्य रहेको बढुवा समितिले गृहकार्य गरिरहेको छ। उक्त समितिले अध्ययनपछि बढुवा सिफारिस गर्ने कार्यालयका एक अधिकारीले जानकारी दिए।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू), ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अभनुव, शैक्षिक योग्यता, तालिम, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीलाई आधार मानिन्छ।

प्रहरी प्रधान कार्यालयले केही दिनअघि एसपीको बढुवा गरेको थियो। पछिल्लो समय प्रहरीले माथिल्लो तहका अधिकृतहरूको बढुवा गरिरहेको छ।

प्रकाशित: १४ जेठ २०८० १५:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seven =