रेशम चौधरीलाई कानुनअनुसार नै आममाफी सिफारिस गरिएको हो : मन्त्री शर्मा

हिमाल प्रेस १४ जेठ २०८० १३:३७
8
SHARES
रेशम चौधरीलाई कानुनअनुसार नै आममाफी सिफारिस गरिएको हो : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– नेपाल सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रेशम चौधरीलाई कानुनअनुसार नै आममाफी सिफारिस गरिएको बताएकी छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।

हाल कारागारमा रहेका टीकापुर घटनाका दोषी चौधरीलाई आममाफी दिन कानुनविद्हरूसँग राय सल्लाह लिएर नै सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनको भनाइ छ।

‘रेशमजीको विषयमा कानुन विदहरूसँग राय, सल्लाह, सुझाव लिएर नै सरकारले निर्णय गरेको हो। यो निर्णय संविधान र कानुनअनुसार ठिक छ। कानुनभन्दा बाहिर गएर सरकारले निर्णय गरेको छैन,’ उनले भनिन्।

प्रकाशित: १४ जेठ २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =