सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

हिमाल प्रेस १४ जेठ २०८० १०:०२
14
SHARES
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ- मन्त्रिपरिषद्को आकस्मिक बैठक आज (आइतबार) सिंहदरबारमा बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण, बजेटलगायतका विषयमा छलफल गर्न आकस्मिक बैठक बोलाएका हुन्।

बैठकमा गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे पनि निर्णय हुने बताइएको छ।

यस्तै आज (आइतबार) नै भारत भ्रमणको विषयमा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग दिउँसो २ बजे छलफल गर्ने कार्यक्रम छ। साढे ३ बजे उनले पूर्वपराराष्ट्रमन्त्री, पूर्वनेपाली राजदूतसँग कूटनीतिक परामर्श पनि गर्ने भएका छन्।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।

परीक्षामा प्रचण्डको कूटनीतिक चातुर्य

प्रकाशित: १४ जेठ २०८० १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =