भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिँदैनौँ : रवि लामिछाने

हिमाल प्रेस १३ जेठ २०८० १५:३९
2
SHARE
भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिँदैनौँ : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकको भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई देशबाट नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन्।

शनिबार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको कार्यक्रममा उनले आफूमाथि जतिसुकै मुद्दा लगाए पनि, घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको पार्टीको अभियान नरोकिने बताए।

नेपाली जनताले आफ्नो पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले सो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढिरहेको र भविष्यमा पनि सोहीअनुसार अघि बढ्ने बताए। ‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढछौं। यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला। कत्रो सजाय भोग्नु पर्छ होला,’ उनले भने, ‘नेपाली जनताले त्यसै भोट हालेका होइनन्। यो भ्रष्टाचार निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएका हुन।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरे।

संसदीय विशेष समिति बनाएर सो प्रकरणमा संलग्नहरूलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने समेत उनले बताए।

प्रकाशित: १३ जेठ २०८० १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 14 =