जुम्ला र कालिकोटमा टेलिकमको एफटीटीएच सेवा सुरु

हिमाल प्रेस १२ जेठ २०८० १९:२६
जुम्ला र कालिकोटमा टेलिकमको एफटीटीएच सेवा सुरु

काठमाडौँ- नेपाल टेलिकमले जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ को शुभारम्भ गरेको छ। जेठ १० गते कालिकोट र जेठ ११ गतेदेखि जुम्लामा फाइबर सेवा सुरु भएको हो।

एनटी फाइबरले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्ने विकल्प उपलब्ध गराउँछ।

एनटी फाइबर सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ। यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ।

एउटै तारबाट आवश्यकताअनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामाकरण गरेको छ।

स्प्रिङ अफरअन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजारमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको टेलिकमको भनाइ छ।

प्रकाशित: १२ जेठ २०८० १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 15 =