महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

हिमाल प्रेस १२ जेठ २०८० १९:१६
महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ। बैंकले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई ख्याल गर्दै २९औँ वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले शुक्रबार क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका छन्। उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ सेवा दिने प्रतिबद्धता जनाए।

क्रेडिट कार्ड प्रयोगकर्ताले भिसा कार्ड स्वीकार गर्ने एटीएमबाट नगदसमेत झिक्न सक्छन्। कार्डमार्फत नगद झिक्दा र अनलाइन भुक्तानी गर्दा ४५ दिनसम्म ब्याज नलाग्ने बैंकले जनाएको छ। क्रेडिट कार्डको सिमा १५ हजारदेखि ५ लाखसम्म रहेको छ। नेपालका साथै भारत र भुटानमा प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ।

 

प्रकाशित: १२ जेठ २०८० १९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =