कानुनमा मानवीय विभेद नभए पनि व्यवहारमा समस्या : मुख्यमन्त्री जम्कट्टेल

हिमाल प्रेस १२ जेठ २०८० १२:२६
4
SHARES
कानुनमा मानवीय विभेद नभए पनि व्यवहारमा समस्या : मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल। फाइल तस्बिर।

काठमाडौँ– बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ-आफ्नो जिम्मेवारी पूरा गर्नसके मानव अधिकार उल्लंघन नहुने बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोगको २३ औं स्थापना दिवसका अवसरमा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रदेश सरकारले क्षेत्राधिकार भित्र रहेर मानव अधिकारका विषयमा काम गरिरहेको जानकारी उनको भनाइ छ। व्यवस्था फेरिए पनि अवस्था नफेरिएकोमा उनले चिन्ता व्यक्त गरे।

‘सरकार र सरकारी निकाय चनाखो हुनुपर्छ, नैसर्गिक अधिकार हनन् भइरहेको छ कि भनेर सोचेर काम गर्नुपर्छ, अब काम गर्ने तौरतरिका फेरिनुपर्छ,’ उनले भने, ‘हामी सबै मानव अधिकार मैत्री बन्नुपर्छ र संरक्षण गरेर अन्तर विरोधी हुने खालको कामको अन्त्य गरिनुपर्छ।’

प्रदेशको भूगोल, जनजाति, भाषा, धर्म संस्कृति धेरै रहेकाले उल्लेख गर्दै समावेशी रूपमा काम गर्न नीतिमा केही समस्या रहेको उनले उल्लेख गरे। ‘आर्थिक, सामाजिक, राजनीतिकलगायत नीतिमा मानवीय विभेद नभए पनि व्यवहारमा कार्यान्वयन गर्न समस्या छ,’ उनले भने।

आयोगको प्रदेश कार्यालय प्रमुख यज्ञ अधिकारी, प्रदेश सरकारका प्रमुख सचिव मुकुन्द निरौला, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मानव अधिकारका विषयमा आफ्नो भनाइ राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =