तालिम सकेर छुट्टीमा आएका प्रहरी जवानले किन गरे युवतीको हत्या?

हिमाल प्रेस १२ जेठ २०८० १०:१३
2.2k
SHARES
तालिम सकेर छुट्टीमा आएका प्रहरी जवानले किन गरे युवतीको हत्या? प्रतिनिधिमूलक तस्बिर

संखुवासभा– संखुवासभाको खाँदबारी नगरपालिका-१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी शुक्रबार एक युवतीको हत्या गरिएको छ। सभापोखरी गाउँपालिका-१ घर भई खाँदबारी-१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको प्रहरीले जनाएको छ।

सभापोखरी गाउँपालिका-१ कै २३ वर्षीय नन्दराम गदालले दर्नालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र गोदारले जानकारी दिए।

उनी खाँदबारीमा डेरा गरी बस्दै आएकी थिइन्। गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ। युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। गदाल बिहीबारमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ।

गए राति गदाल मृतक दर्नालको डेरामा बसेको बताइएको छ। बिहान स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। हत्याको कारण भने खुल्न नसकेको डीएसपी गोदारले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित: १२ जेठ २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =