तनहुँका कृषकलाई माहुरीसहितको घार

हिमाल प्रेस १२ जेठ २०८० ७:३५
4
SHARES
तनहुँका कृषकलाई माहुरीसहितको घार फाइल तस्बिर।

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका-४ छिम्लीस्वाराका कृषकलाई माहुरीसहितको घार वितरण गरिएको छ। समूहमा आबद्व ४६ कृषकलाई माहुरीसहितको घार वितरण गरिएको हो।

ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा माहुरीसहितको घार वितरण गरिएको हो। जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुल तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गरे।

कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए।

माहुरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई माहुरीसहितको घार अनुदानमा वितरण गरिएको हो। कृषकको आयआर्जनमा वृद्धि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ।

कृषकलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ। अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ।

प्रकाशित: १२ जेठ २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =