आवागमनमा असर पार्ने मोटरसाइकल वर्कसपलाई काठमाडौँ महानगरद्वारा जरिबाना

हिमाल प्रेस ११ जेठ २०८० ९:३६
24
SHARES
आवागमनमा असर पार्ने मोटरसाइकल वर्कसपलाई काठमाडौँ महानगरद्वारा जरिबाना

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा असर पर्ने गरी सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिबाना गरेको छ।

नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको छ।

यस्तै कबाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने २ जनालाई १० हजार र प्रचार वोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनाबाट ५ हजार रुपैयाँ जरिबाना गरेको छ।

यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरूलाई तिराइएको जरिबानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ।

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा वाधा गर्नेहरूलाई नियन्त्रणमा लिएर जरिबाना तिराउने गरेको छ। यसका लागि क्षेत्रबाट खटिएका प्रहरीले अनधिकृत क्रियाकलापमा सम्लग्नलाई नियन्त्रणमा लिएर प्रहरी बलमा पठाउने गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 1 =