कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन सुरु

हिमाल प्रेस १० जेठ २०८० ८:२१
4
SHARES
कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन सुरु

सुर्खेत– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन बुधबार (आज)देखि सुरु हुने भएको छ। पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो।

कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गरेका हुन्।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ। प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =