बोआओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

हिमाल प्रेस ९ जेठ २०८० १६:३०
2
SHARE
बोआओ फोरममा नजाने निर्णय नेपालले गरेको होइन : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनमा भएको बोआओ फोरममा नजाने निर्णय नेपालले नगरेको बताएका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा  ससंदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बोआओ बैठकमा नजाने निर्णय नेपालले नगरेको बताएका हुन्।

चीनमा भएको बोआओ फोरममा चिनियाँ राजदूतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा चीन भ्रमण राख्ने भनेपछि आफूले धन्यवाद दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

समय, परिस्थितिअनुसार छिमेकी देशहरूको भ्रमण गर्ने उनले बताए। प्रधानमन्त्री दाहालले भुगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता बढी रहेको बताए।

‘उत्तर–दक्षिण भ्रमणको कुरा ल्याउनुभयो, यसमा हाम्रो कुनै संवैधानिक बाध्यता छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा त्यस्तो केही बाध्यता छैन। समय, परिस्थितिअनुसार गरिने कुरा हो। त्यसको सबैभन्दा ठूलो प्रमाण म आफै हो। म पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरबाट गरेको थिएँ।’

नेपालको भुगोल, अर्थतन्त्र, खुला सिमाना, सबै किसिमका जनसम्बन्धका दृष्टिले भारतको महत्त्व र विशिष्टता रहेको उनको भनाइ थियो। ‘अहिले उत्तरले बोआओ फोरममा निम्ता गरेको पक्कै पनि हो,’ उनले भने, ‘तर त्यहाँ नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन। बरु चिनियाँ राजदूतले नै यहाँको दबाब र सरकारको अफ्ठ्यारो देखेर चिनियाँ राजदूतलाई धन्यवाद दिएको हुँ।’

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा मलखादबारे छलफल गर्ने पनि बताए।

प्रकाशित: ९ जेठ २०८० १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =