नीति तथा कार्यक्रममा नवीन सोच र कार्यक्रम छन् : प्रधानमन्त्री

हिमाल प्रेस ९ जेठ २०८० १५:४४
6
SHARES
नीति तथा कार्यक्रममा नवीन सोच र कार्यक्रम छन् : प्रधानमन्त्री राष्ट्रियसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौती समाधान गर्ने दाबी गरेका छन्।  सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ मंगलबार दिँदै उनले यस्तो दाबी गरेका हुन्।

उनले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमले देशका सामु विद्यमान चुनौती समाधान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको छ। नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रम छन्।’

नीति तथा कार्यक्रममा विगतदेखि कार्यान्वयन र सञ्चालन हुँदै आएका राम्रा नीति तथा कार्यक्रमलाई निरन्तरता दिइएको प्रचण्डको भनाइ छ।

विगतका राम्रा कार्यक्रमलाई निरन्तरता दिएकै आधारमा परम्परागत भनेर हलुका टिप्पणी गर्नु तर्क संगत नहुने जिकिर प्रधानमन्त्रीको छ। यस्तै नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको भएको दाबी प्रचण्डको छ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा नयाँ र पुराना योजनाहरुको सन्तुलन मिलेको दाबी गर्नुभयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =