आईसीसी विश्वकप छनोट : नेपाल र वेस्टइन्डिज एउटै समूहमा

हिमाल प्रेस ९ जेठ २०८० १५:२१
6
SHARES
आईसीसी विश्वकप छनोट : नेपाल र वेस्टइन्डिज एउटै समूहमा फाइल तस्बिर।

काठमाडौँ- इन्टरनेसल क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकप छनोट प्रतियोगिताको समूह विभाजन गरेको छ। मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र वेस्टइन्डिज एउटै समूह ‘ए’मा परेका छन्।

दुई पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग नेपालले आगामी असार ७ गते अर्थात २२ जुनमा खेल्नेछ। वेस्टइन्डिज सन् १९७५ र १९७९ को विश्वकप विजेता हो।

समूह ‘ए’मा उक्त दुई टिमसँगै जिम्बाबे, अमेरिका र नेदरल्यान्ड्स छन्। नेपालले समूह चरणको पहिलो खेल असार ३ गते (जुन १८)मा जिम्बाबेसँग खेल्नेछ। असार ५ गते अमेरिकासँग, ७ गते वेस्टइन्डिज र असार ९ गते नेदरल्यान्ड्ससँग खेल्ने नेपालको तालिका छ।

आईसीसीका अनुसार समूह ‘बी’मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई रहेका छन्। श्रीलंका सन् १९९६ को विश्व कप विजेता हो। विश्वकप छनोट प्रतियोगिता आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुनेछ।

डीएलएस मेथडअनुसार यूएईसँग नेपालको जित

प्रकाशित: ९ जेठ २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =