केपी ओली हेडमास्टरमात्रै होइन विश्वविद्यालयको भीसी हो, प्रोफेसर डाक्टर हो : गोकुल बाँस्कोटा

हिमाल प्रेस ९ जेठ २०८० १३:५२
16
SHARES
केपी ओली हेडमास्टरमात्रै होइन विश्वविद्यालयको भीसी हो, प्रोफेसर डाक्टर हो : गोकुल बाँस्कोटा गोकुल बास्कोटा। फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपहरूको जवाफ दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा बोल्दै उनले नीति तथा कार्यक्रम गलितो नल्याउने, अनि ओलीमाथि दोष थुपरेर तथ्यबाट भाग्ने भन्दै कटाक्ष गरे। सांसदहरूले अध्यक्ष ओलीलाई हेडसर भनेर व्यंग गरेकोमा पनि उनले जवाफ दिएका छन्।

‘सत्तापक्षले सुन्ने धैर्यता राख्ला भन्ने थियो, तर सत्तापक्ष आफ्नो कमजोरी लुकाउन प्रतिपक्षको तेजोवध गर्ने र तीव्र आलोचनामा उत्रिने गरेको देख्दा छक्क परेँ,’ उनले भने, ‘हामीले पनि केही कुरा जवाफ दिनुपर्ने भयो। हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौँ। हामी लोकतन्त्र र राष्ट्रिय स्वाधिनता परिवर्तन र पुनर्जागरणको विश्वविद्यालय हो। तपाईंहरुले दिएको उपाधि पुग्दैन। केपी ओली यो विश्वविद्यालयको भीसी हो, प्रोफोसर डाक्टर हो। तपाईंहरुले सिक्न पाउनुभयो। बधाई दिन चाहन्छु।’

उनले तथ्यको खडेरी परेपछि सत्तापक्ष एमालेको विरोधमा उत्रिएको भन्दै कटाक्ष गरे। ‘तथ्यको खडेरी परेपछि यस्तो तर्क गरिन्छ। धारेहात लाउनुभएको छ,’ उनले भने, ‘आफूले लिएको जिम्मासम्मको तालाचाबिको टुंगो छैन। अर्कालाई के भनेर झम्टेको छ। ओलीलाई देखाएर आफू जिम्मेवारीबाट पन्छिने ? तपाईंहरूलाई अग्रिम बधाई छ।’

द्वन्द्वकालीन न्यायाको विषयमा उनले ३१ महिना माओवादीले नेतृत्व गर्दा के गर्यो भन्दै प्रश्न गरे। ‘शान्ति सम्झौताको बाँकी काम गर्न भनेको छ। ३१ महिना माओवादीले नेतृत्व गरेको छ। के भयो यसमा। स्वर्गीय नेता गिरीजाप्रसाद कोइरालालाई मरेको देखाएर सधैँ हुन्छ। सल्लाह चाहिँदैन ? हामीलाई पनि यो समस्या समाधान होस् भन्ने छ,’ बाँस्कोटाले भने।

प्रकाशित: ९ जेठ २०८० १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =