जसपाको संसदीय दलको नेता बने उपेन्द्र यादव

हिमाल प्रेस ८ जेठ २०८० १६:२०
80
SHARES
जसपाको संसदीय दलको नेता बने उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो।

केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख अर्जुन थापाका अनुसार पार्टी विधान २०७७ को दफा १० को उपदफा १ अनुसार यादव सर्वसम्मत दलको नेता चयन भएका हुन्। गत मंसिरको निर्वाचनमा बारामा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव वैशाख १० मा भएको उपनिर्वाचनमा भने निर्वाचित भए।

यादव बारामा चुनाव हारे पनि उपनिर्वाचनमा सप्तरी गएर सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका थिए। उनले यहाँ जनमत पार्टीका उम्मेदवारलाई पराजित गर्दै चुनाव जितेका हुन्। लामो समय पार्टीको संसदीय दलको नेता नै नचुनी पकड राखिराखेका यादव बल्ल आज दलको नेता बने।

प्रकाशित: ८ जेठ २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =