सुदूरपश्चिममा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै अपूर्ण

हिमाल प्रेस ६ जेठ २०८० १७:२४
4
SHARES
सुदूरपश्चिममा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, अझै अपूर्ण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियूक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

अहिले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गितादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंह नियुक्त भएका छन्।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टी सरकारमा गएको छैन्।

उन्मुक्ति पार्टीले मन्त्रीको नाम नपठाएपछि प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अझै केही दिन मुख्यमन्त्री कमलबहादुर शाहले नै हेर्नछन्।

प्रकाशित: ६ जेठ २०८० १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =