एमालेले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस ६ जेठ २०८० १३:२८
6
SHARES
एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

आज दिउँसो २ बजे संसद भवनस्थित नयाँ बानेश्वरमा नीति तथा कार्यक्रममाथि छलफल गर्न एमालेको संसदीय दल बैठक बोलाएको सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार बैठकमा नीति तथा कार्यक्रम र समसामयिक विषयमा छलफल हुनेछ। सरकारले शुक्रबार संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रमुख प्रतिपक्ष दल एमालेले सरकारले नीति तथा कार्यक्रम ल्याएकाले बजेटमा समावेश हुनुपर्ने विषयलाई उठान गर्ने छ।

प्रकाशित: ६ जेठ २०८० १३:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =