स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

हिमाल प्रेस ६ जेठ २०८० ९:२८
8
SHARES
स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्।

उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना छन्।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लूएचओको नीति निर्धारण गर्ने, वित्तीय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।

प्रकाशित: ६ जेठ २०८० ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =