वार्षिक नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

हिमाल प्रेस ५ जेठ २०८० १५:३४
4
SHARES
वार्षिक नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित फाइल तस्बिर

काठमाडौँ- सरकारको वार्षिक नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित भएको छ। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम केहीबेरअघि बसेको मन्त्रिपरिषद्‌ले पारित गरेको हो।

संघीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ। बैठक ४ बजे बस्दैछ।

नीति तथा कार्यक्रमका लागि संसद् भवन नयाँ बानेश्वर आउनेक्रममा जनतालाई सास्ती हुने गरी कुनै पनि काम नगर्न राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन्।

प्रकाशित: ५ जेठ २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 1 =