सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, माओवादीबाट साउद र धामी मन्त्री ‘फिक्स’

हिमाल प्रेस ५ जेठ २०८० १०:५०
4
SHARES
सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुँदै, माओवादीबाट साउद र धामी मन्त्री ‘फिक्स’

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सरकार विस्तार गर्दैछन्।

सरकार १०० दिने कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् बिस्तार गर्ने बताएका थिए।

आज विस्तार हुने मन्त्रिपरिषद्मा नेकपा माओवादी केन्द्रका अछामबाट प्रदेशसभामा निर्वाचित झपटबहादुर साउद सामाजिक विकासमन्त्री र कैलालीबाट निर्वाचित रमेशसिंह धामी उद्योग, वन तथा वातावरण मन्त्री बन्ने भएका छन्।

माओवादीबाटै डडेलधुराकी समानुपातिक प्रदेशसभा सदस्य गीता माल राज्यमन्त्री हुने भए पनि उनको मन्त्रालय बारे टुंगो नलागेको माओवादी संसदीय दलका नेता खगराज भट्टले बताए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रेशम चौधरी संरक्षक रहेको उन्मुक्ती पार्टीलाई दिइने सहमति भएको भए पनि सो पार्टीले मन्त्रीको नाम छानेको छैन। उन्मुक्तीबाट रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीमध्ये एक जना मन्त्री र राज्यमन्त्री पाउदा टीका थापा हुने चर्चा छ।

यस्तै नेपाली कांग्रेसले पाउने भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको लागि मन्त्रीको नाम पनि टुंगो लागेको छैन। दावेदार धेरै हुँदा कांग्रेसले मन्त्रीको नाम छान्न सकेको छैन।

नवनियुक्त हुने मन्त्रीहरुको आज साँझसम्म भए पनि पद तथा गोपनीयताको सपथग्रहण हुने मुख्यमन्त्री शाहले बताए। मन्त्री सात र राज्यमन्त्री तीन गरेर १० जनालाई मन्त्री बनाउन सक्ने संबैधानिक व्यवस्था भए पनि अहिले मुख्यमन्त्री र दुई मन्त्री मात्र सरकारमा छन्।

अहिले नेपाली कांगेसका संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको सरकारमा कांगेसकै प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन्।

प्रकाशित: ५ जेठ २०८० १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =