आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

हिमाल प्रेस ५ जेठ २०८० ६:३७
2
SHARE
आज सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रतिनिधिसभाकोे बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ- सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरे सो ब्यहोराको पत्र पढेर सुनाउँदै शुक्रबार दिउँसो ३ः४५ बजे सम्पूर्ण सदस्यहरूलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/७९ पेस भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन)ऐन, २०६४ को दफा ४१ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आव २०७८/७९’ पेस गरेका हुन्।

प्रतिनिधिसभाको बैठक पनि आजै साँझ ६ बजे बस्ने कार्यसूची छ।

प्रकाशित: ५ जेठ २०८० ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =