नेपाल-भारत आर्थिक सम्बन्ध नयाँ सिराबाट अघि बढ्नुपर्छ : मन्त्री रिजाल

हिमाल प्रेस ४ जेठ २०८० १९:५६
2
SHARE
नेपाल-भारत आर्थिक सम्बन्ध नयाँ सिराबाट अघि बढ्नुपर्छ : मन्त्री रिजाल

पर्सा- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल-भारत आर्थिक सम्बन्ध नयाँ सिराबाट अघि बढाउने भएका छन्। बिहीबार वीरगञ्जमा आयोजित ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ मा मन्त्री रिजालले द्वपक्षीय सम्बन्ध नयाँ सिराबाट अघि बढाउने बताएका हुन्।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रलाई पारेको असरका कारण दुई मुलुकको विगतको इतिहास, सम्बन्ध र व्यापार गर्ने तरिकाहरूको मूल्यांकन र अध्ययन गर्न अत्यन्तै आवश्यक रहेको मन्त्री रिजालको भनाइ थियो।

कोरोना संक्रमणले विश्वव्यापी अर्थतन्त्रमा परेको नकारात्मक असरका कारण पनि नेपाल भारतबीच भएको कारोबार सकारात्मक रहेको मन्त्री रिजालको भनाइ थियो। दुई देशबीच विभिन्न क्षेत्रहरूमा सहयोग आदानप्रदान हुँदै आएको भन्दै मन्त्री रिजालले नेपालमा लगानीको सबैभन्दा ठूलो स्रोत भारत रहेको बताए।

दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन ‘भारत-नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ ले महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री रिजालको भनाइ थियो। सम्मेलनले ऊर्जा, पूर्वाधार, दूरसञ्चार, बैंकिङ, वित्तीय सेवा र बीमा बीएफएसआई, सूचना प्रविधिलगायत प्रमुख क्षेत्रहरूमा आपसी सहयोग बढाउनुपर्ने मन्त्री रिजालले बताए।

प्रकाशित: ४ जेठ २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =