राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन तीव्र पार्न ऊर्जा मन्त्रालयले बनायो संयन्त्र

हिमाल प्रेस ४ जेठ २०८० १५:४७
6
SHARES
राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन तीव्र पार्न ऊर्जा मन्त्रालयले बनायो संयन्त्र रानी जमरा सिँचाइ आयोजना।

काठमाडौँ- राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन ऊर्जा मन्त्रालयले संयन्त्र बनाएको छ।

सफ्टवेयरबाट दैनिक अनुगमन गरेर राष्ट्रिय गौरवका आयोजनाको प्रगति बुझ्न र समस्या समाधान गर्न मन्त्रालयले संयन्त्र गठन गरेको हो।

राष्ट्रिय गौरवका आयोजनाका प्रमुखसहित बिहीबार बसेको बैठकले सफ्टवेयरमार्फत दैनिक अनुगमन गर्ने, आयोजनाको कार्यान्वयन समन्वय संयन्त्र बनाउने र सबै आयोजनाको पब्लिक अडिट गर्ने सहितका निर्णय गरेको छ।

बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्ने गरी कदम चाल्न आयोजनाका प्रमुखहरूलाई निर्देशन दिएका छन्। उनले राष्ट्रिय गौरवमा सूचीकृत आयोजनालाई अरू आयोजना जसरी सामान्यरूपमा लिन नहुने बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ६ वटा राष्ट्रिय गौरवका आयोजना छन्।

महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन, बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना र सुनकोशी मरिन डाइभर्सन आयोजना ऊर्जा मन्त्रालय मातहतका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =