देशभर विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादी

हिमाल प्रेस ४ जेठ २०८० ६:४२
6
SHARES
देशभर विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादी फाइल तस्बिर

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको छ ।

सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार दिउँसो ३ बजे माइतीघर मण्डलामा सो प्रदर्शन गर्न लागिएको हो।

हिजो मात्र सो पार्टीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सो प्रकरणको छानबिन गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

प्रकाशित: ४ जेठ २०८० ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + five =