बजेट निकासा भएपछि रोकिएको तलब पाउँदै प्रहरी

हिमाल प्रेस २ जेठ २०८० १६:००
2.7k
SHARES
बजेट निकासा भएपछि रोकिएको तलब पाउँदै प्रहरी

काठमाडौँ- नेपाल प्रहरीका अधिकारीहरूले रोकिएको तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले प्रहरीलाई तलब खुवाउन समस्या भएको जानकारी गृह प्रशासनलाई गराएकाे थियाे। त्यसपछि गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत प्रहरीका लागि बजेट निकासा गरेकाे थियाे।

यसअघि बजेट अभाव हुँदा वैशाखदेखि असारसम्म प्रहरीले तलब नपाउने र अर्को आर्थिक वर्ष लागेपछि साउनमा एकैपटक तीन महिनाको तलब दिने भनिएको थियो।

नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी भूपेन्द्र खत्रीले अब तलब खुवाउन कुनै समस्या नहुने बताए। ‘बजेट निकासा भइसकेको छ। अब कुनै समस्या हुँदैन। डकुमेन्टहरू मिलाउने काम भइरहेको छ अब सबैको खातामा तलब जान्छ’ उनले हिमालप्रेससँग भने।

तलब खुवाउन पैसाकाे अभाव नभए पनि बढेको तलब बराबरको रकम निकासा नहुँदा समस्या भएको थियो। चालु आर्थिक वर्षको बजेट आइसकेपछि नेपाल प्रहरीमा सहायक हवल्दार, वरिष्ठ सई जस्ता धेरै पदहरू थपिएको, त्यहीअनुसार बढुवा भएको र बढुवा भएकाहरूको तलब पनि बढेकोले तलब खुवाउन बजेट अभाव भएको थियो।

अहिले नेपाल प्रहरीमा ७९ हजार ५ सय दरबन्दी छ। तर दरबन्दीअनुसार प्रहरीको संख्या छैन। अहिले प्रहरीमा ७७ हजारमात्रै कार्यरत छन्। नेपाल प्रहरीमा २१ हजार ४ सय ८० देखि ६६ हजार ८ सय ६० रुपैयाँसम्म तलब खाने प्रहरी छन्। ६६ हजार ८ सय ६० रुपैयाँ तलब आईजीपीको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =