बाँकेमा एक भए आठ सहकारी

हिमाल प्रेस २ जेठ २०८० १३:१५
10
SHARES
बाँकेमा एक भए आठ सहकारी

बाँके- बाँकेका आठवटा सहकारी एकीकरण भएका छन्। कोरानापछि देशमा भएको आर्थिक मन्दीका कारण सहकारीहरु चुस्तदुरुस्त तरिकाले सञ्चालन हुन नसक्दा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको अगुवाइमा सोमबार शमशेरगञ्जमा आयोजित कार्यक्रममा आठवटा सानाकिसान सहकारी संस्था अष्टम सानाकिसान कृषि सहकारी संस्थामा एकीकरण भएका हुन्।

एकीकरण हुनेमा महादेवपुरी राप्ती सोनारी-८ स्थित सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ-६ स्थित लगनशील सानाकिसान कृषि सहकारी संस्था लि, बैजनाथ-८ स्थित महिला सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी-४ स्थित सूर्यलक्ष्मी सानाकिसान कृषि सहकारी संस्था लि, राप्ती सोनारी-५ स्थित सौगात सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा-२ स्थित नवज्योति सानाकिसान कृषि सहकारी संस्था लि, खजुरा-८ स्थित हातेमालो सानाकिसान कृषि सहकारी संस्था लि र जानकी-६ स्थित आपसी मेलमिलाप सानाकिसान कृषि सहकारी संस्था लि रहेका छन्।

प्रकाशित: २ जेठ २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + four =