बालुवाटारमा शीर्ष नेताहरूको भेट, नीति तथा कार्यक्रम केन्द्रित छलफल

हिमाल प्रेस ३१ वैशाख २०८० ११:५१
8
SHARES
बालुवाटारमा शीर्ष नेताहरूको भेट, नीति तथा कार्यक्रम केन्द्रित छलफल

काठमाडौँ- बालुवाटारमा तीन प्रमुख दलका शीर्ष नेताहरूबीच आइतबार छलफल भइरहँदा अन्य नेताहरू पनि थपिएका छन्।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको थियो।

सो छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर थापा, एमाले नेता सुवास नेम्वाङ, कांग्रेसका रमेश लेखक र माओवादीका हितराज पाण्डे सहभागी भएका हुन्।

अहिले संसद्को प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०८० ११:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =