आगलागी र डढेलोका घटना बढ्दै, एक महिनामै १६ जनाको मृत्यु

हिमाल प्रेस ३१ वैशाख २०८० ११:११
4
SHARES
आगलागी र डढेलोका घटना बढ्दै, एक महिनामै १६ जनाको मृत्यु महोत्तरीको वन क्षेत्रमा लागेको डढेलो।

काठमाडौँ- गर्मी सुरु भएसँगै आगलागी तथा डढेलोका घटना बढ्दै गएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकनुसार वैशाख १ देखि ३० गतेसम्म देशभर ५२७ वटा आगलागी र ९४ डढेलोका घटना भएका छन्।

प्राधिकरणका अनुसार आगलागीमा ११ र डढेलोमा परेर ५ जनाले ज्यान गुमाए भने ६५ जना घाइते भएका छन्। गर्मी बढेसँगै दैनिक आगलागी, डढेलोका घटना बढ्न थालेको र एक महिनामा आगलागी- डढेलोका ६२१ घटनामा मानवीयसँगै अन्य भौतिक तथा संरचनागत क्षति भएको प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले जानकारी दिए।

आगो तथा डढेलो लागेको देख्नेबित्तिकै पूर्वतयारीबिना निभाउन जाँदा घाइते हुने तथा ज्यानै जाने जोखिममा पर्ने भएकाले आगो तथा डढेलो फैलिएका बेला जोखिम नमोल्न र सुरक्षाको उपायबिना त्यस्तो ठाउँमा नजान उनले आग्रह गरे।

यसै गरी जंगलमा लागेको डढेलो निभाउन पानीसँगै हरियो स्याउला, माटोको पनि प्रयोग गर्न सकिने भएकाले सोको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ। सकेसम्म आगो तथा डढेलो लाग्न नदिन चुरोटका ठुटा जथाभाबी नफाल्न, आगो लागिसकेको ठाउँमा जलेका वस्तु माटोले पुरिदिन पनि प्राधिकरणले समुदायलाई आग्रह गरेको छ।

प्रकाशित: ३१ वैशाख २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =