अवैध उत्खनन्‌मा लागेको इटहरी उपमहानगरपालिकाका पाँच टिपर वन कार्यालयको नियन्त्रणमा

हिमाल प्रेस २९ वैशाख २०८० २०:३४
12
SHARES
अवैध उत्खनन्‌मा लागेको इटहरी उपमहानगरपालिकाका पाँच टिपर वन कार्यालयको नियन्त्रणमा

इटहरी- इटहरी उपमहानगरपालिकाका पाँचवटा टिपर वन कार्यालयले नियन्त्रणमा लिएको छ। खोलाबाट ढुङ्गा गिटी उत्खनन नरोकिएपछि डिभिजन वन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको ५ वटा टिपर नियन्त्रणमा लिएको हो।

खोला ठेक्का नलगाइ नगरप्रमुख हेमकर्ण पौडेल, वडाध्यक्ष र स्थानीयबासीले खोला किनारमै बसेर दुई सातायता इटहरी ३ खोर्साने खापस्थित बूढी खोलाबाट ढुङ्गा, गिटी उत्खनन गर्न थालेपछि कोसी प्रदेश सरकारले डिभिजन वन कार्यालय सुनसरीमार्फत रोक्न खोजेको थियो। डिभिजन वन कार्यालयले खोलाबाट आफूखुसी ढुङ्गा गिटी उत्खनन कार्य तत्काल रोक्न आग्रह गरे पनि  उपमहानगरले उत्खनन्‌को काम नरोकेपछि टिपर नियन्त्रणमा लिएको जनाएको छ।

शुक्रबार सुनसरी प्रहरीको सहयोगमा वन कार्यलयले ५ वटा टिपर खोला छेउबाट नियन्त्रणमा लिएको हो। वन कार्यालयले को १ ख ६३७९, ६३३५, ७१३०, ६५९९ र प्र–१–०२–००१ क ४०१३ नम्बरको टिपर नियन्त्रणमा लिएको हो। खोला उत्खनन कार्य तत्काल रोक्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर शुक्रबार टिपर नियन्त्रणमा लिनुपरेको डिभिजन वन कार्यलय सुनसरीका डिभिजन वन अधिकृत धर्मनाथ शाहले जानकारी दिए।

यता, इटहरी उपमहानगरपालिकाकाले भने २० वटै वडामा बाटो, कल्भर्ट बनाउन आवश्यक पर्ने मिक्स गिटी मापदण्डअनुसार निकालेको जनाएको छ।

प्रकाशित: २९ वैशाख २०८० २०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =