सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

हिमाल प्रेस २९ वैशाख २०८० १२:२८
6
SHARES
सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रूपमा काठमाडौँमा गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए।

‘हामीले महत्त्वपूर्ण लगानी आवश्यक पर्ने धेरै मुख्य क्षेत्रहरू पहिचान गरेका छौँ। यी क्षेत्रहरूमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश छन्,’ उनले भने, ‘हामी नवीन, दिगो समाधानहरूमार्फत लगानीको खाडललाई पूरा गर्न खोजिरहेका छौँ।’

उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा पनि राखे। लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =