लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

हिमाल प्रेस २८ वैशाख २०८० १६:०२
24
SHARES
लुम्बिनीमा दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

लुम्बिनी- विश्वभरका पर्यटकहरूलाई बुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तो सहित दोस्रो अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु भएको छ। मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी) ले उद्घाटन गरेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल ९नाट्टा० को संयोजनमा लुम्बिनीमा ३ दिने मार्ट सुरु भएको हो। बिहीबार बिहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुभारम्भ भएको मार्टको उद्घाटन पवन प्यालेसमा भएको छ।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे। उनले भगवान बुद्धले महापरिनिर्वाण हुनुअघि जीवनमा एक पटक भए पनि बुद्धजन्मस्थल लुम्बिनी पुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्वभरका बौद्धमार्गीहरूले लुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए।

बुद्धकालीन अवस्थाबाटै भ्रमण यात्रा सुरु भएको उपाध्यक्ष भिक्षु मैत्तयले बताए। उनले लुम्बिनी प्ररेणा, शान्ति र सदभावका लागि भ्रमण गर्नुपर्ने स्थल भएको बताए।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए। उनले नेपालको लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यस मार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको बताए।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव धनबहादुर ओली, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा। धनञ्जय रेग्मी, होटल एशोसियसन नेपाल ९हान० का अध्यक्ष विनय शाह लगायतले बोल्दै लुम्बिनीसहित नेपालका पर्यटकीयस्थल भ्रमणका लागि निम्तो दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीको अध्यक्षतामा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट मूल आयोजक समिति गठन गरी कार्यक्रम गरिएको हो। मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल र टुर कम्पनीहरू सहभागी भएका छन्।

मार्टमा विदेशी ट्राभल र टुर कम्पनीका प्रतिनिधिहरू, नेपाल सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघर संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता छ।

शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए। उनले नेपालको लुम्बिनीलगायत वुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउनेबारेमा गहन छलफल र निष्कर्ष निकालिने जनाइएको छ।

कार्यक्रममा जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंग, बंगलादेशका मोहोदिन हिला, एंव अष्ट्रेलियाबाट विज्ञ किरन अजित सहभागी छन्।

सम्मेलनले लुम्बिनीमा पर्यटकहरूलाई आकर्षित गर्न टेवा पुग्ने विश्वास लिइएको छ। उद्घाटनअघि मायादेवी मन्दिर परिसरमा वरिष्ठ पुरातात्वविद् वसन्त बिडारीले लुम्बिनीको बारेमा जानकारी दिएका थिए। उक्त अवसरमा विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईसहितको उपस्थिति थियो।

ट्राभल कम्पनीहरूलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माणका लागि समेत सुझावहरू दिइएको छ। मार्टमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि समेत वातावरण निर्माण गर्ने विषयमा सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =