सामसङको ए-२४ एलटीई सार्वजनिक, सुरुवाती मूल्य २८ हजार ९९९

हिमाल प्रेस २८ वैशाख २०८० १२:२८
6
SHARES
सामसङको ए-२४ एलटीई सार्वजनिक, सुरुवाती मूल्य २८ हजार ९९९

काठमाडौँ- सामसङले ‘ए’ सिरिजमा नयाँ स्मार्टफोन थप गरेको छ। ‘ए’ सिरिजको ‘ग्यालेक्सी ए-२४ एलटीई’मा ओक्टाकोर प्रोसेसरका साथ प्रिमियम विशेषताहरू रहेका छन्।

यो स्मार्टफोनमा ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ। मोबाइलले १२८ जीबी र २५६ जीबीको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जीबी वा ८ जीबी र्‍यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडी कार्डमार्फत १ टीबी सम्मको बाह्य मेमोरीलाई सपोर्ट गर्छ।

६/१२८ जीबीको मूल्य २८ हजार ९९९ कायम गरिएको छ भने ८/१२८ जीबीको ग्यालेक्सी ए-२४ एलटीईको मूल्य ३१ हजार ९९९ तोकिएको छ। ग्यालेक्सी ए-२४ एलटीईमा ५० मेगापिक्सलको प्राइमरी क्यामेरा जडित छ। जसलाई ५ मेगापिक्सलको अल्ट्रावाइड र २ मेगापिक्सलको म्याक्रो लेन्सले सपोर्ट गरेको छ।

यसमा १३ मेगापिक्सलको सेल्फी क्यामेरा लेन्ससमेत छ। साथै यसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री पनि जडान गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८० १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =