एनसेलकाे सीईओमा जाब्बोर कायुमोभ नियुक्त

हिमाल प्रेस २७ वैशाख २०८० १६:२१
6
SHARES
एनसेलकाे सीईओमा जाब्बोर कायुमोभ नियुक्त

काठमाडौँ- निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियाटा प्रालिमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। जाब्बोर कायुमोभलाई नयाँ सीईओ एवं प्रबन्ध सञ्चालक नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ।

एनसेल कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले उनलाई सीईओ एवं प्रबन्ध सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबारदेखि उनले कार्यभार सम्हालेका छन्।

सो अघि एनसेलका सीईओ तथा प्रबन्ध सञ्चालक रहेका एन्डी चोङ् आजियाटा ग्रूपको प्रधान कार्यालयमा जाने भएका छन्। उनले आगामी १ जुनबाट कार्यभार सम्हाल्ने गरी ‘आजियाटा ग्रूप चिफ कर्पोरेट अफिसर’का रूपमा उनको पदोन्नति भएको कम्पनीले जानकारी दिएको छ।

जाब्बोरले यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) लगायतका दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको सीईओका रूपमा काम गरिसकेका छन्।

उनीसँग करिब २० वर्ष दूरसञ्चार क्षेत्रको उच्च व्यवस्थापनमा काम गरेको अनुभव छ। दूरसञ्चार क्षेत्रका धेरै कम्पनीमा आफ्नो उत्कृष्ट ट्र्याक रेकर्ड रहेका जाब्बोर कुशल व्यावसायिक नेतृत्वका रूपमा चिनिन्छन्।

एनसेलमा आबद्ध हुनुअघि उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको सीईओका रूपमा काम गरेका थिए। हाल उनी जमैकामा डिजिसेलको सीईओका रूपमा कार्यरत थिए। क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवाप्रदायक बन्नका लागि व्यावसाय सञ्चालन परिर्वतनको नेतृत्व गरेका थिए। ‘एनसेल टिममा सामेल हुन पाएकोमा म हर्षित छु,’ उनले भने, ‘प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान टिमसँग काम गर्न उत्सुक छु।’

टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र नेपालको डिजिटल विकास तथा जीवनस्तर सुधारमा योगदान पुर्‍‍याउन केन्द्रित हुने उनको भनाइ छ।

पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा उनको विज्ञता छ। उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित: २७ वैशाख २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =