माधव नेपालले गृहमन्त्री श्रेष्ठलाई भने : भ्रष्टाचारीलाई बाँकी नराख्नुस्

हिमाल प्रेस २७ वैशाख २०८० १४:४३
10
SHARES
माधव नेपालले गृहमन्त्री श्रेष्ठलाई भने : भ्रष्टाचारीलाई बाँकी नराख्नुस्

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारी कसैलाई छाड्न नहुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

उनले भ्रष्टहरूलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे। ‘एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरूका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ कि नेताहरू कति मात्रामा भ्रष्ट भएका रहेछन्, हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ?,’ उनले भने, ‘मानव तस्करी गर्ने काममा नेताहरूले नै अगुवाइ गर्ने गरेका छन्। उपप्रधान एवं गृहमन्त्रीको ध्यानाकर्षण गर्दछु, तपाईंले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस्। जुनसुकै व्यक्तिहरू जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस्।’

उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =