स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

हिमाल प्रेस २७ वैशाख २०८० ११:५३
14
SHARES
स्वर्णिमलाई अर्थमन्त्रीको जवाफ : एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्ने कुराको अन्त्य गर्ने बताएका छन्।

बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षको नौ महिनासम्म पुँजी खर्च नगर्ने र अन्तिम तीन महिनामा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्ने बताए।

उनले अर्थतन्त्रमा रहेका वर्तमान समस्या समाधान गर्नसके वदेशी लगानी बिस्तार हुने भन्दै विदेशी लगानीहरू पनि निश्चित क्षेत्रमा मात्रै कार्यान्वयन गर्नेकुरा आफ्नो प्राथमिकतामा रहेको बताए। उनले वैदेशिक लगानीका सीमाहरु फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले अर्थतन्त्रलाई चलायमान नबनाइ वैदेशिक सहायता नआउने बताए। उनले नेपालमा लगामीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए।

उनले भने,‘अन्तिम त्रैमासिकमा खर्च गर्ने र नौ महिनासम्म सुतेर बस्नेकुरा अब हुँदैनन्। त्यसलाई हामी अब एक किसिमबाट समाधान गर्छौं । त्यो भयो भने विदेशी सहयोग बिस्तार गर्ने ठाउँ रहन्छ।’

अर्थमन्त्री महतले आफ्नो पूरा कोसिस लगानीका वातावरण सिर्जना गर्नका लागि रहेका व्यवधानहरू खोल्नु रहेको बताए।

उनले संसद्मा अहिले अर्थतन्त्रको पूरा शल्यक्रिया गर्नुपर्ने माग उठिरहेको भन्दै सबै ठाउँमा सर्जरी एकै पटक गर्दा अप्ठ्यारो हुने बताए। संसद्मा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रको सम्पूर्ण शल्यक्रिया गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित: २७ वैशाख २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =