आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा १ सय रुपैयाँ बोनस

हिमाल प्रेस २६ वैशाख २०८० २१:३१
2
SHARE
आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा १ सय रुपैयाँ बोनस

काठमाडौँ- आइएमईका अन्तर्राष्ट्रिय साझेदारमार्फत आएको रेमिट्यान्स ‘आइएमई पे’मा प्राप्त गर्दा ग्राहकले एक सय रुपैयाँ बोनस पाउने भएका छन्। आइएमई पेले आइएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकलाई आफ्नै वालेटमा रेमिट्यान्स प्राप्त बोनसलगायतका सुविधा दिँदै आएको छ।

यसअघि आइएमई पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिँदै आएको थियो। पछिल्लो समय गरिएको एक सय रुपैयाँ बोनसको व्यवस्था अमेरिका, यूरोप, क्यानडा, मलेसिया, कतार, युएई, कुवेत र बहराइनलगायतका देशमा रहेका अनतर्राष्ट्रिय साझेदारबाट रेमिट्यान्स प्राप्त गर्दा पाइने कम्पनीले बताएको छ।

प्रकाशित: २६ वैशाख २०८० २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 17 =