महासंघका प्रतिनिधिद्वारा आईएलओका देशीय निर्देशकसँग भेट

हिमाल प्रेस २६ वैशाख २०८० १९:२९
8
SHARES
महासंघका प्रतिनिधिद्वारा आईएलओका देशीय निर्देशकसँग भेट

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपालका लागि देशीय निर्देशक नुमान ओनकानबीच भेटवार्ता भएको छ।

मंगलबार भएको भेटमा अध्यक्ष ढकालले विद्यमान आर्थिक अवस्था, श्रम सम्बन्ध र महासंघले अघि सारेका प्राथमिकताबारे जानकारी गराए। त्यस्तै आईएलओबाट प्राप्त सहयोगका लागि ढकालले उनलाई धन्यवाद पनि दिए।

आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सिजना गर्नेलगायतका महासंघको प्राथमिकतालाई सफल पार्न महासंघ र आईएलओको सहकार्यमा जोड दिए।

आईएलओका देशीय निर्देशक नुमान ओजकानले सीप विकास, पेसागत स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा र सामाजिक संवादको विषयमा चर्चा गर्दै समावेशी आर्थिक विकासमा जोड दिए।

प्रकाशित: २६ वैशाख २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =