वैदेशिक रोजगारका अव्यावहारिक नीति पुनरावलोकन गर्न श्रममन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस २६ वैशाख २०८० १८:४७
4
SHARES
वैदेशिक रोजगारका अव्यावहारिक नीति पुनरावलोकन गर्न श्रममन्त्रीको ध्यानाकर्षण

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको प्रतिनिधिमण्डल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीबीच भेटवार्ता भएको छ।

महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र मन्दीतर्फ गएकाले उद्योग व्यवसाय सञ्चालन र रोजगारीमा पर्न सक्ने प्रभावको न्यूनीकरण गर्न तथा सम्भावित समस्या सामना गर्न सरकार र निजी क्षेत्रको बलियो सहकार्य हुनुपर्ने बताए।

श्रम बजारको माग अनुसारको सीप विकासका लागि पनि सरकारले पहल गर्नुपर्ने उनको भनाइ थियो। वैदेशिक रोजगारीमा जाँदा झेल्नुपर्ने अव्यावहारिक नीति नियमको पुनरावलोकन गर्न पनि अध्यक्ष ढकालले मन्त्री भण्डारीको ध्यानाकर्षण गराए।

मन्त्री भण्डारीले महासंघकातर्फबाट राखिएका सुुझावका सम्बन्धमा मन्त्रालयल् सहयोग गर्ने बताए। मन्त्री भण्डारीले वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियमलाई व्यवहारिक बनाउन आफू तयार रहेको र सीप विकासलगायतका श्रम क्षेत्रका विषयमा निजी क्षेत्रको सहयोग चाहिने बताए।

प्रकाशित: २६ वैशाख २०८० १८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =