पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

हिमाल प्रेस २६ वैशाख २०८० १६:४२
4
SHARES
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौँ- पाकिस्तानका पूर्वप्रधान्त्री इमरान खान पक्राउ परेका छन्। उनलाई इस्लामावाद उच्च अदालतबाहिरबाट पक्राउ गरिएको हो। आदालतमा मुद्दाको सुनुवाइका लागि पुगेका बेला खान पक्राउ परेका पाकिस्तानी पत्रिका ‘डन’ले उल्लेख गरेको छ।

इस्लामावादका उनलाई अल-कादिर ट्रस्टसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ। इस्लामावाद प्रहरीले मंगलबार विज्ञप्ति जारी गर्दै अल-कादिर मुद्दामा खानलाई पक्राउ गरिएको बताएको छ।

खानलाई पक्राउ गरेपछि उनका समर्थकले विरोध गरिरहेका छन्। यद्यपि इस्लामावाद प्रहरीले इस्लामावादको अवस्था सामान्य रहेको बताएको छ। खान नेतृत्वको पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ’का नेता फवाद चौधरीले ट्वीट गर्दै अदालत परिसरबाट आफ्ना नेता खानलाई पक्राउ गरेको भन्दै विरोध जनाएका छन्।

उनले अदालत परिसरबाट वकिल र सर्वसाधारणलाई टर्चर दिँदै प्रहरीले पक्राउ गरेको उल्लेख गरेका छन्। अज्ञात समूहले उनलाई अज्ञात ठाउँमा लगिरहेको उनले ट्वीटरमा उल्लेख गरेका छन्। पूर्वक्रिकेटर खान सन् २०१८ अगस्टदेखि २०२२ अप्रिलसम्म पाकिस्तानका प्रधानमन्त्री रहेका थिए।

प्रकाशित: २६ वैशाख २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =