बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष यादव

हिमाल प्रेस २६ वैशाख २०८० १५:३०
4
SHARES
बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्छ : अध्यक्ष यादव फाइल तस्बिर।

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमा सरकारले कृषिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उनले उक्त सुझाव दिएका हुन्। आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्ने उनले बताए।

उत्पादनमुलक उद्योगहरूलाई सबलीकरण गर्ने, रुग्ण उद्योगलाई पुनः सञ्चालन गरेर मात्रै अहिलेको आर्थिक संकटको सामना गर्न सकिने उनले बताए। पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नसके पनि केही मात्रामा आर्थिक समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।

अहिले देखिएको आर्थिक समस्या समाधान सजिलो र छिटो उपाय नै कृषिमा बजेट बढाउनुपर्ने उनको सुझाव थियो। ‘अहिले देखिएको आर्थिक संकट परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृृषि उत्पादनमा वृद्धि नै हो,’ उनले भने, ‘कृषिमा आज लगानी गर्नुभयो भने तीन, चार महिनापछि नै नतिजा आउँछ। त्यसपछि उत्पादनमूलक उद्योगहरूलाई सबलीकरण गर्नुपर्छ।’

प्रकाशित: २६ वैशाख २०८० १५:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =