अर्थतन्त्रको विकास गर्न नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्छ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस २६ वैशाख २०८० १३:४०
4
SHARES
अर्थतन्त्रको विकास गर्न नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ- सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा आर्थिक वर्ष २०८/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिएका हुन्।

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उनको भनाइ थियो। ‘सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ,’ उनले भने, ‘ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ।’

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरूको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए।

प्रकाशित: २६ वैशाख २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =