आरजुलक्षित तोसिमाको कटाक्ष : भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ?

हिमाल प्रेस २६ वैशाख २०८० १३:१६
14
SHARES
आरजुलक्षित तोसिमाको कटाक्ष : भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले कांग्रेस सांसद डा. आरजु राणा देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। मंगलबार संसद् बैठकमा बोल्दै उनले भ्रष्टाचारमा महिला-पुरूषको विषय नहुने बताएकी हुन्।

‘एक महिला सांसदले टेपकाण्डको अनुसन्धान माग गर्दा महिला विद्रोही भयो, महिला हिंसात्मक भयो मलाई उत्तर दिनुपर्‍यो भन्नु भयो,’ उनले भनिन्, ‘भ्रष्टाचारमा कहाँनेर लिंग जोडिएको हुन्छ? भ्रष्टाचारमात्रै होइन, चिनारी फेरेर राष्ट्रघात भएको छ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशका ठूला निकाय र नेताहरू संलग्न रहेको आरोप लगाइन्। ‘सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस्, करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्,’ उनले माग गरिन्।

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै रास्वपा सांसद डा. तोसिमा कार्की। तस्बिर : रासस

वैशाख २४ गतेको संसद् बैठकमा आरजुले महिलाले बोलेका विषयहरू पुरुषलाई असह्य हुने गरेको भन्दै महिला अधिकारका कुरा उठाएकी थिइन्। कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु र नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा करौडौँ रूपैयाँ लिएको अडियो सार्वजनिक भएपछि सांसदहरूले छानबिन गर्नुपर्ने माग गरेका थिए।

म डराउँदिनँ, मैले केही बिराएको छैन : आरजु राणा

प्रकाशित: २६ वैशाख २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =