हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

हिमाल प्रेस २५ वैशाख २०८० १९:४४
16
SHARES
हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को सिफारिस

काठमाडौँ- संवैधानिक परिषद्‌को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मत सिफारिस गरेको छ। सोमबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गरेको हो।
संवैधानिक परिषद्‌को सदस्यमा प्रधानन्यायाधीश पनि रहने व्यवस्था छ।

तर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की भने सहभागी भएनन्। संवैधानिक परिषद् सम्बन्धी व्यवस्था संविधानको धारा २८४ मा छ। यो धाराअनुसार प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक परिषद्को बैठकमा मात्रै कानुनमन्त्री सहभागी हुनेछन्। सोहीअनुसार आज कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता केपी ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुनमन्त्री धनराज गुरुङ सहभागी थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =