केपी ओली भन्छन् : एमाले नै नेपालको सबैभन्दा नयाँ पार्टी हो

हिमाल प्रेस २५ वैशाख २०८० १८:१५
26
SHARES
केपी ओली भन्छन् : एमाले नै नेपालको सबैभन्दा नयाँ पार्टी हो

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नै सबैभन्दा नयाँ पार्टी भएको बताएका छन्। आज सोमबार राष्ट्रिय युवा संघको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमाले नै नेपालको सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका हुन्।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गर्दै त्यो पार्टीसँग कुनै सिद्धान्त र विचार नभएको आरोप लगाए।

ओलीले भने, ‘बुढो विचार बोकेको पार्टी कसरी नयाँ हुन्छ? त्यो नयाँ होइन, त्योसँग समाज परिवर्तनको कुनै एजेन्डा छैन। त्यो नयाँ बोतल होला तर रक्सी उही हो। कहाँ पुग्ने स्पष्ट भिजनबिना त्यो अगाडि बढ्न सकिँदैन’

ओलीले मार्क्सवाद नै संसारको नयाँ सिद्धान्त भएको पनि बताए। रास्वपाले मंसिर र वैशाखको निर्वाचनमा पाएको मत आगामी निर्वाचनमा नपाउने ओलीको भनाइ छ। त्यस्तै ओलीले ०६४ को निर्वाचनमा २४० सिटमा १२० सिट ल्याउँदा माओवादीले दुनियाँ खायो भनेर कराए पनि अहिले त्यस्को परिणाम देखिएको बताए।

‘२४० मध्ये १२० सिट जतेपछि माओवादीले खायो भनेर दुनियाँ कराए। मैले त्यतिबेला नै यो अस्थायी हो भनेको थिएँ,’ उनले भने, ‘यस्ता ह्विम कहिले काहीँ आउँछन्। त्यस्ता हामीले देखेका छौँ।’
उनले रास्वपा छोटो आयु भएको पार्टी भन्ने आरोप पनि लगाए।

प्रकाशित: २५ वैशाख २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =